जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अन्नपूर्ण म्याराथनको उपाधि जुम्लाका धीरबहादुर र गणनाले जिते

जन्मभुमि खबर ,
पोखरा ।

तेस्रो संस्करणको अन्नपूर्ण म्याराथनको उपाधि जुम्लाका धीरबहादुर बुढा र गणना भण्डारीले जितेका छन् । पुरुषतर्फ ४ घण्टा १० मिनेट ५१ सेकेन्डमा पूरा गर्दै धीरबहादुरले उपाधि जितेका हुन् । महिलातर्फ गणना भण्डारीले ५ घण्टा ४३ मिनेट २ सेकेण्डमा पूरा गर्दै उपाधि हात पारिन् । उपाधिसँगै बुढाले १ लाख ५० हजार र भण्डारीले ७५ हजार रुपैयाँ प्राप्त गरिन् ।

पुरुषतर्फ ४ घण्टा १२ मिनेट ५१ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै नेपाल आर्मीका होमलाल श्रेष्ठ दोस्रो र ४ घण्टा १६ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै आर्मीकै वेदबहादुर सुनुवार तेस्रो भए । दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख र ७५ हजार रुपैयाँ प्राप्त गरे । पुरुषतर्फ ४५ धावकले सहभागिता जनाएका थिए ।

महिलातर्फ ६ घण्टा ५ मिनेट २ सेकेण्डमा दुरी पूरा गर्दै धादिङकी रशिला तामाङ दोस्रो र ६ घण्टा ११ मिनेट १६ सेकेण्डमा दौड पुरा गर्दै ओखलढुङ्गाकी चोकी शेर्पाले गरी तेस्रो स्थान हासिल गरिन् । दोस्रो र तेस्रो हुनेले क्रमशः ५० र २५ हजार रुपैयाँ हात पारे । महिलातर्फ ११ धावकले सहभागिता जनाएका थिए ।

अन्नपूर्ण आरोहण दिवसको छेकोमा अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु भएर माछापुच्छे आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा टुंगिएको थियो ।

सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोगले अन्नपूर्ण हिमालको शिखर चुमेको स्मरणमा अन्नपूर्ण दिवस मनाइन्छ । दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव र म्याराथन आयोजना गरिएको हो ।