जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

२४ घन्टामा थप १५० जनामा कोरोना संक्रमण, तीनको मृत्यु

पछिल्लो २४ घन्टामा ४४ सय ७२ जनाको स्वाब परीक्षण गर्दा १५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

कोरोनाबाट तीनजनाले ज्यान गुमाएका छन्। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ। केही दिनयता कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य थियो।

थप १५० जनामा संक्रमण र दुईजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ।

यस्तै पछिल्लो २४ घन्टामा थप ९९ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार २० पुगेको मन्त्रालयले जनाएको छ। निको हुने दर ९८.५ प्रतिशत हो।

हालसम्म  ५१ जना क्वारेन्टाइनमा र १ हजार १७ जना आइसोलेसनमा छन्।