३ हजार ८३८ सय जनाको पीसीआर परीक्षण गर्दा मुलुकमा १ सय २५ जना संक्रमित थपिए
काठमाडौं, ५ फागुन । मुलुकमा थप १ सय २५ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या ४८ र पुरुषको संख्या ७७ रहेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ८३८ सय जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय २५ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७३ हजार ०७० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९१ संक्रमित निको भए, ० को मृत्यु
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ९१ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ९१ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ६९ हजार ३९४ पुगेको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार ६२१ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७२ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८३८ सय जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २१ लाख २७ हजार ७८९ जनाको पीसीआर परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कुनैपनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको छ ।