जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

३ हजार ४११ जनाको पीसीआर परीक्षण गर्दा मुलुकमा ११२ जना संक्रमित थपिए

काठमाडौं, १३ फागुन । मुलुकमा थप ११२ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या ५२ र पुरुषको संख्या ६० रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ४११ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ११२ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८४ संक्रमित निको भए, १ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८४ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ८४ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७० हजार २२३ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ७ सय ७० रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६३ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४११ सय जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २१ लाख ५३ हजार ६३६ जनाको पीसीआर परीक्षण भएको छ ।

यसगरी पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ६७ पुगेको छ ।