जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

३५४१ मा पिसिआर गर्दा ९६ लाई कोरोना

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३५४१ मा पिसिआर गर्दा ९६ जनामा कोरोना पुष्टि भएको हो।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७३ हजार १६६ पुगेको छ।

पछिल्लो २४ घण्टामा १११ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६९ हजार ५९५ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप तिन जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०५९ पुगेको छ ।

यसैगरी निको हुनेको दर ९८.७ प्रतिशत छ।