२ हजार ४८ जनाको पीसीआर परीक्षण गर्दा मुलुकमा ८८ जना संक्रमित थपिए
काठमाडौं, ८ फागुन । मुलुकमा थप ८८ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या ३१ र पुरुषको संख्या ५७ रहेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ४८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८८ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ ।
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १३६ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १३६ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ६९ हजार ७५५ पुगेको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार ५३५ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७१ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४८ सय जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २१ लाख ३६ हजार ३०९ जनाको पीसीआर परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छछैन । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ ।