२० दिनपछि खुल्यो तातोपानी नाका
तातोपानी (सिन्धुपाल्चोक) — भोटेकोसी गाउँपालिका–२ स्थित उत्तरी नाका तातोपानी २१ दिनपछि पुन: सञ्चालनमा ल्याइएको छ । भोटेकोसी नदीले क्षतिग्रस्त मितेरी पुल मर्मतसम्भार गर्न बन्द गरिएको नाकाबाट मंगलबार एकतर्फी रूपमा सामान भित्र्याइएको हो ।
तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले मंगलबार तीन चिनियाँ कन्टेनर फलफूलसहित अन्य रेडिमेड सामग्री भित्र्याउँदै नाका खुलाइएको जानकारी दिए ।
‘मितेरी पुलको मर्मतसम्भार सकेपछि चिनियाँ पक्षको ‘अफिसियल टाइम’अनुरूप २१ दिनपछि नाका खुलेको छ, टेलर कन्टेनरबाट सामग्री धमाधम भित्रिन थालेका छन्,’ उनले भने । रासस