जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

हिजोदेखि परेको अविरल वर्षाका कारण स्याङ्जाको भालुपहाडमा पहिरो

जन्मभुमि खबर,
पोखरा ।

स्याङ्जा जिल्लाको फेदीखोला अन्तर्गत रहेको भालुपहाडमा हिजोदेखि परेको अविरल वर्षाका कारण पहिरो गएको छ । पहिरोका कारण बिहान केही समय सवारी आवागमनसमेत रोकिएको स्थानीयले बताएका छन् । पछि बाटो खुलाइएको छ तर ढुङ्गा खस्ने क्रम निरन्तर भइरहेकाले फेरि सिद्धबाबाको जस्तो अवस्था आउने हो कि भनेर स्थानीय चिन्तित देखिएका छन् । हिजो रातिदेखि परेको अविरल वर्षासँगै माथिबाट खसेको पहिरो सिद्धार्थ राजमार्गमा परेर बाटो पुरिएको हो । यहाँको घुम्तीमा बाटो साँगुरो भएकाले बाटो फराकिलो बनाउने भन्दै लामो समयदेखि कटिङ भइरहेको थियो । कटिङका क्रममा त्यहाँ निकै लामो समयसम्म यात्रुहरु जाममा बस्नुपरेको थियो । यात्रुहरुले सास्ती पाएको भन्दै विभिन्न सञ्चार माध्यममा समेत चर्चा भएको थियो ।