जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

हामी सबै पोखरेलीको अभियान भन्दै सहयोग गर्नुहुन्छ एकदम खुसी छौ : ओम गुरूङ

नवीन भण्डारी
पोखरा ।

लकडाउनको समयमा पोखरा महानगरपालिकामा खट्टिएका सम्पुर्ण सुरक्षाकर्मिहरूलाई पानी तथा खाजा बितरण गर्ने अभियानमा धेरै भन्दा धेरै युवा तथा सामाजीक कार्यमा निरन्तर संलग्न भईरहेका ब्यक्तिहरूले साथ दिईरहेको कुरा यस अभियानका संयोजक गुरूङले बताउनुभयो।
यस कार्यलाई अगाडि बढाएर बिषम परिस्थितीलाई जित्नका निम्ति पोखरा ११निवासी युवा तथा समाजसेवी कपिल बस्यालले सुरक्षाकर्मीलाई खाजा तथा पानी, रामबजार निवासी मन्दीर गुरूङ, छोरेपाटन निवासी सुरज मल्ल , रानिपौवा निवासी बिष्णु जोजीजुबाट खाजा तथा पानी सहयोग प्राप्त भएको साथै एलिना खाजा घर रानिपौवाबाट चिया तथा नास्ता र प्रगति हाडवयर ५ लिटर सेनिटाईजर लकडाउनमा खट्टिएका सुरक्षाकर्मीलाई बितरण गरिएको कुरा गुरूङले जानकारी गराउनुभयो।
आफुले शुरू गरेको यस अभियानलाई पछिल्लो समयमा आएर सम्पुर्ण पोखरेली बासिले अभियानलाई सबैको साझा अभियान भनेर सबैले यस अभियानलाई सहयोग गर्ने प्रतिबद्द्ता ब्यक्त गर्दा निकै खुसि लागेको गुरूङले बताउनुभयो। साथै यस अभियानलाई सफल बनाउनका लागी सहयोग गर्नि समपूर्ण समाजसेवी ब्यक्तिहरूलाई धन्यवाद दिनुभयो ।