जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

हर्पन खोलामा माझथुमका नारायण प्रसादको शब फेला

जन्मभुमि खबर,
पोखरा ।

पोखरा महानगरपालिकाको वडा नं २३ र २४ को सिमानामा पर्ने हर्पन खोलाको ककरे स्थित रहमा तैरिरहेको अवस्थामा एक व्यक्ति मृत भेटिएका छन् ।

सोमबार राति ८:३० बजे साथीहरूसँग नयाँ बस्ती स्थित यु.एण्ड यु.घले रेस्टुरेन्टमा मादक पदार्थ सेवन गरी घर फर्किने क्रममा बेपत्ता भएका अधिकारी ककरे स्थित हर्पन खोलाको बिच भाग तैरिएको अवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो ।

साथीहरूले हराएको भनी दिएको सूचनाका आधारमा खोजतलास गर्दा मंगलबार अधिकारी मृत फेला परेको सिलवालले जनाउनुभयो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।