जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्वर्णकार कल्याण समितिको राहत वितरण कार्यक्रम सम्पन्न

नवीन भण्डारी
जन्मभुमि खबर,पोखरा ।

सुनचाँदी कालिगढ मजदुरहरुको छाता संगठन स्वर्णकार कल्याण समिति कास्कीले बिभिन्न समयमा आफ्ना कालिगढ सदस्यहरुलाई परेको समस्यामा मलमपट्टि लगाउने कार्य गर्दै आइरहेको छ। बिश्व महामारीको रुप लिएको कोबिड १९ कोरोना कहरले आक्रान्त बनाइरहेको योआपतकालीन विषम परिस्थितिमा दोश्रो चरणको बन्दबन्दी (लकडाउन )को अबस्थालाई मध्यनजर गर्दै अति बिपन्न अबस्थामा रहेका कालिगढहरुलाई तत्काल प्रत्येक्ष राहात होस भन्ने उद्देस्यले २०७८/०२/२६ गते बुधबारका दिन समितिको तर्फबाट कार्यालयमा एक कार्यक्रमको आयोजना गरि राहत स्वरूप दाल ,चामल ,नुन ,तेल सोयाबिन लगायतका खाद्य सामाग्री वितरण गरियो।

उक्त कार्यक्रम सम्पन्न गर्नका निमित्त पोखरा महानगर पालिका वार्ड न २ का अध्यक्ष रामेश्वेर मल्ल र प्रशासकीय भूमिकामा प्रशासनका मित्रहरुले समन्वयकरी भूमिका निर्वाह गरि सहयोग गरिदिनु भएकोमा धन्यवाद दिन चाहन्छौ। त्यसैगरि हामीलाई आर्थिक सहयोग गर्नुहुने सहयोगी मनहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ।सहयोग र सद्भावका लागि आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि यहाँहरुको यस्तै सहयोगको अपेक्ष राखेका छौ। त्यसैगरी यस अभियानमा भौतिक रुपमा उपस्थित भई खटिनु हुने र आर्थिक सहयोग समेत गर्नुहुने संस्थाका सल्लाहाकार,निवर्तमानअध्यक्ष,पदाधिकारी,कार्यसमिति सदस्यहरु तथा शुभचिन्तक ज्युहरुमा स्वर्णकार कल्याण समिति तथा म अध्यक्ष सुरेन्द्र विश्वकर्माको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु। सुनचाँदी कालिगढहरुको सुख दु:ख सधै साथैमा रहने र परेका पीर मर्कामा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु।