जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्थगित भिसा सेवा आजदेखि पुन सुचारु

अध्यागन विभागले आज शुक्रबारदेखि भिसा सेवा सुरु गरेको छ । शुक्रबार विभागले एक सूचना जारी गर्दै कोरोना महामारीका कारण बन्द गरिएको भिसा सेवा आजदेखि सुरु भएको हो ।
अन्तर्राष्ट्रिय र आन्तरिक उडान सुचारु भएको र जारी निषेधाज्ञा समेत केहि खुकुलो भई सार्वजनिक सवारी साधान समेत सञ्चालन हुन थालेकोहुँदा विभागले स्थगित गरेका सम्पूर्ण सेवाहरु स्वास्थ्य र सुरक्षा मापदण्ड पालना गर्दै आजदेखि पूर्ववत् अवस्थामा सुरु गरेको जारी सूचनामा उल्लेख छ ।