सूर्य खड्का र सुनिता बुढाको आवाजमा नयाँ गीत सार्वजनिक
जन्मभुमि खबर
पोखरा ।
प्रदेशीहरुको यथार्थ काहानी बोकेको गीत ‘कलशैमा पानी’ युट्युवमा सार्वजनिक भएको छ । गीत सार्वजनिक भएको छोटो समयमा नै सामाजिक संजाल टिकटकमा अत्यधिक भिडियोहरु बनिसकेका छन ।
गीतमा चर्चित गायक सूर्य खड्का संगै पछील्लो समयकी चर्चित गायिका सुनिता बुढाको आवाज पाउन सकिन्छ भने गीतको शब्द तथा लय सिर्जना भने गयक तथा सर्जक रविन लामिछनेले गरेका हुन ।
बिनोद बाजुरालीले संगीत संयोजन गरेको गीतलाई स्टुडियो मालश्रीमा रेकर्ड गरिएको हो भने गीतको अडियो मिक्सिङ तथा मास्टरिङ्ग खड्क बाजुरालीले गरेका हुन ।
बिनोद भण्डारी र जुना गुरुङले अभिनय गरेको गीतको भिडियोमा घर छोडेर प्रदेश जान लागेका श्रीमान र बिदाई गर्न नसकेकी श्रीमतिको गन्थनलाई जस्ताको त्यस्तैलाइ उतार्ने काम गरेका छन निर्देशक बिनोद भण्डारीले । करण चैसिरले छायांकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन ।
गीतको पुरै भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् :-