जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुर्यदर्शन सहकारी ठगी प्रकरणः महेन्द्र भोटे प्रहरी हिरासतमा

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अरोप लागेका शिबबहादुर गुरुङ (महेन्द्र भोटे) प्रहरी हिरासतमा रहेका छन । उनी आज आफै कास्की जिल्ला अदालतमा उपस्थित भएका थिए ।

उनी कानून व्यवसायीसहित अदालतमा उपस्थित भएका थिए । गुरुङको साथमा सहकारीका आइटी प्रमुख भविश्वर अर्याल पनि सहभागी भएका थिए । उनि पनि अहिले प्रहरीको हिरासतमै रहेका छन ।

भोटे र अर्यालको मंगलबार अदालतमा बयान लिइएको र बुधबार पनि जारी रहने एसपी थापाले जानकारी दिए । बयान चलिरहेकाले अहिले उनीहरुलाई प्रहरीले हिरासतमै राखेको छ ।

सहकारीका अध्यक्ष जिबी राइसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोमा १५ जना अझै फरार छन् ।

यसअघि पक्राउ परेका सहकारीका उपाध्यक्ष कैलाश दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।