जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुर्यदर्शन सहकारी ठगी प्रकरण : उपाध्यक्ष दर्लामी पुर्पक्षका लागि थुनामा

जन्मभुमि खबर ,
पोखरा ।

सहकारी ठगी कसुरमा सुर्यदर्शन बचत तथा ऋण सहकारीका उपाध्यक्ष कैलाश कुमार दर्लामीलाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । सोमबार न्यायाधीश रामचन्द्र शर्माको इजलासले दर्लामीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

रामेछापका ३८ वर्षीय दर्लामी सहाकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरी अनुसार सहकारी ठगी आरोपमा केही दिन अघि पक्राउ परेका थिए । प्रहरीले अनुसन्धान सकेर सोमबार सरकारी वकिलको कार्यालयमा मार्फत जिल्ला अदालत पुर्‍याउएको थियो ।

प्रहरीका अनुसार पोखरा महानगरपालिका ४ नालाकोमुखमा रहेको श्री सुर्यदर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेको संचालक समितिका पदाधिकारीहरुमाथी निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेको आरोप छ ।