जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुरक्षाकर्मीलाई खाजा,पानी तथा सेनिटाईजर वितरणमा पोर्चुगलमा रहनुभएका सहयोगी नेपाली मनलाई धन्यवाद दिदै : ओम गुरुङ

जन्मभुमि खबर ,
नवीन भण्डारी

सुरक्षाकर्मीलाई खाजा, पानी तथा सेनिटाईजर वितरणको अभियान आज २२औ दिनसम्म आईपुग्दा देश र विदेशबाट पनि सहयोग गर्नुहुने समपुर्ण नेपाली मनहरूलाई एकमुस्ट धन्यवाद ब्यक्त गर्दै ओम गुरूङले आगामी दिनमा थप सहयोग र साथको अपेक्षा गर्नुभयो।

पोखरा ११ निवासी हाल पोर्चुगलमा रहनुभएका श्री चिन्तामणी गुरुङको सपरिवार पोर्चुगलवाट नगद रू ९१३५ /- शाडगर म :म घर पोखरा २९ शैनिक बस्ती , पोखरा ११ निवासी श्री योगेश गुरुङ लगायतका दाताहरूले सहयोग गरेको कुरा जानकारी गराउनु भयो। पोखराका विभिन्न स्थानवाट मात्र नभई विदेशवाट पनि अभियानमा सहयोग आउनेक्रम समेत बढिरहेको कुरा गुरूङले जानकारी गराउनुभयो।

पोखराको आसपासमा रहेका प्रहरी बिटमा मिसिनद्वारा सेनिटाईजर छर्केर प्रत्येक बिटलाई कोराना भाईरसको जोखिमवाट सुरक्षित राख्नको लागी आजवाट उक्त कार्यक्रममा शुरू गरिएको जानकारि गुरूङले गराउनुभयो। प्रहरी नै सङक्रमण भएर डिउटीमा खट्टिँदा त्यसको प्रत्यक्ष प्रभाव आम सर्वसाधरणमा पर्ने भएको महसुस गरेर सहयोगी मनहरूको सहयोगवाट नै यस कार्यक्रमलाई पानी तथा खाजा वितरण संगसंगै अगाडी बढ्नेकुरा यस अभियानको संयोजकले जानकारी गराउनुभयो।
२२ औ दिनसम्ममा आईपुग्दा देश तथा विदेशवाट पनि सहयोग आउने क्रम पनि बढेकोले यस अभियानलाई झन् सशक्त बनाएर अझ प्रभावकारी बनाउने कुरा यस अभियानका संयोजक ओम
गुरुङले जानकारी गराउनुभयो। साथै कुनै परिवारलाई दैनिक खाधान्नको लागी निकै गार्हो भएको खण्डमा समेत पोखरा वाटर
ट्याङ पोखरा ११ रानिपौवामा सम्पर्क गर्नुहुनका लागी समेत अनुरोध गुरुङले गर्नुभयो।