सुरक्षाकर्मीलाई खाजा,खानेपानी वितरणको अभियानमा साथ दिदै जापानमा रहेका नेपाली अभियानका संयोजकले गरे मुक्तकण्ठले प्रशंशा
नवीन भण्डारी
जन्मभुमि खबर,पोखरा ।
सुरक्षाकर्मीलाई खाजा, पानी तथा सेनिटाईजर वितरणको अभियानले महिना दिनसम्म आईपुग्दा देश तथा विदेशबाट र विभिन्न क्षेत्रमा आबद्द ब्यक्तिहरूवाट पनि यस अभियानमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साथ र सहयोग दिनुहुने सबै सहयोगी मनहरू प्रति धन्यवाद ब्यक्त गर्दै ओम गुरूङले आगामी दिनमा थप सहयोग र साथको अपेक्षा गर्नुभयो।देशमा रहेका बिभिन्न क्षेत्रमा आबद्द ब्यवसायीहरू लगाएत वैदेशिक रोजगारीमा परदेशीएका नेपालीहरूले समेत यस अभियानलाई निरन्तर सहयोग गरिरहेको यस अभियानका संयोजकले जानकारी दिनुभयो।
हाल जापान निवासी श्री ज्ञानु गुरूङ,त्यस्तै गरि हाल नेपालमै रहनुभएका युवा समाजसेवी केशव चापागाई, सागर शेरचन र देवेन्द्र गुरूङ लगाएतका ब्यक्तिहरूले पछिल्लो समयमा यस अभियानलाई आर्थिक रूपमा सहयोग गरेको कुरा गुरूङले बताउनुभयो।
अभियानका संयोजक गुरूङले जबसम्म लकडाउन खुल्दैन तब सम्म हाम्रो यो अभियान कुनै पनि अवस्थामा नरोक्किने र एक महिनासम्म निरन्तर रूपमा नेपालका विभिन्न स्थानमा रहेका समाजसेवी र कतार , पोर्चुगल , जापान लगायतका देशहरूमा रहेका नेपालीहरूवाट पनि निरन्तर रूपमा सहयोग गर्नुहुने सम्पुर्ण पुन: एकपटक एकमुस्ट धन्यवाद प्रकट गर्नुभयो। अहिले यस अभियानलाई सबैले आफ्नै अभियान हो भनेर मुक्तकण्ठले प्रशंशा र सहयोग गर्दा झन् यो कार्यलाई अझ प्रभावकारि बनाउन आफुलगायत सम्पुर्ण टिम लागि परेको कुरा पनि जानकारी गराउनु भयो।
साथै कुनै परिवारलाई दैनिक खाधान्नको लागी निकै गार्हो भएको खण्डमा समेत पोखरा वाटर ट्याङ पोखरा ११ रानिपौवामा सम्पर्क गर्नुहुनका लागी समेत अनुरोध गुरुङले गर्नुभयो।