जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुन ताेलामा सय रुपैयाँले बढ्यो

जन्मभुमि खबर ,
पोखरा ।

साताकाे पहिलाे दिन छापावाला र तेजावी सुनकाे मूल्य प्रतिताेला सय रुपैयाँले बढेकाे छ । शुक्रबारकाे तुलनामा आइतबार सुन प्रतिताेला सय रुपैयाँले बढेकाे छ भने चाँदी प्रतिताेला १० रुपैयाँले घटेकाे छ ।

आइतबार छापावाला सुन प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेकाे छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनकाे मूल्य प्रतितोला एक लाख १९ हजार ३५० रुपैयाँ पुगेको छ ।

शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १९ हजार २५० थियो । चाँदीको मूल्य शुक्रबार १ हजार ४८५ थियो भने आइतबार १० रुपैयाँ घटेर प्रतिताेला चाँदीकाे मूल्य १ हजार ४७५ पुगेकाे महासंघले जनाएकाे छ ।