जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनचादी को मूल्यमा सामान्य वृद्धि

नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।
यसैबीच सोमबार चाँदीको पनि मूल्य बढेको छ।  आइतबार तोलामा १३२० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर तोलामा १४०० रुपैयाँमा कारोबार भएको हो ।