जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनचाँदीको मूल्य स्थिर

जन्मभुमि खबर ,
पोखरा ।

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि स्थिर छ । चाँदी प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।