सुनचाँदीको मूल्य घट्यो
काठमाडौँ, ९ चैत । स्थानीय बजारमा सुनको मूल्य घटेको छ। सुन आज २ सयले घटेको हो। आइतबार ५ सयले बढेको थियो ।
सुनको मूल्यमा अघिल्लो साता लगातार उतारचढाव भएको थियो । आज छापावाला सुनको प्रतितोला ८७ हजार मूल्य निर्धारण भएको छ।
यस्तै तेजाबी सुन आजका लागि ८६ हजार ५५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य पनि आज २० रुपैयाँले घटेको छ।