जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य स्थिर

जन्मभुमि खबर
नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ८६ हजार १५० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।

यसैबीच मंगलबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा रु ५ सयले बढेको छ।  सोमबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ५ बढेर तोलामा १२८० रुपैयाँमा कारोबार भएको हो ।