जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य बढ्यो , चाँदीको मूल्य घट्यो

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ। यसअघि हिजो एक सय रुपैयाँ प्रतितोलाले बढेको सुन आज पुनः घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ छ।

यता शुक्रबारदेखि स्थिर रहेको चाँदीको मूल्य आज भने तोलामा १० रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार १७५ रुपैयाँ छ।