जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढ्यो

काठमाडौं : सुनको मूल्य आज प्रति तोला पाँच सय रुपैयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९२ हजार छ सय रुपैयाँमा कारोबार भएको हो ।

आइतबार छापावाल सुन प्रति तोला ९२ हजार एक सय रुपैयाँमा कारोवार भएको थियो । तेजाबी सुनपनि पाँच सय रुपैया नै बढेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भैरहेको छ ।

चाँदीको मूल्य पनि प्रति तोला असी रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रति तोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १२ अमेरिकी डलरले बढेपछि त्यसको असर सुन बजारमा देखिएको हो ।