जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मुल्य ८ महिना यताकै सस्तो, आज ११ सयले घट्यो

नेपाली बजारमा बुधबार सुनको भाउ घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ११ सय रुपैयाँले  घटेको छ ।

मंगलबार प्रतितोला ९० हजार ९ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ बुधबार भने ८९ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै बुधबार तेजाबी सुन प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबारको तुलनामा बुधबार चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको चाँदीको भाउ बुधबार १ हजार ३ सय ४० रुपैयाँमा झरेको छ ।

यसअघि कात्तिक २५ गते नेपाली बजारमा एकैदिन सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँभन्दा बढीले घटेको थियो । कात्तिक २४ गते प्रतितोला ९८ हजार २ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ कात्तिक भने ९४ हजार ८ सय रुपैयाँमा झरेको थियो ।

नेपालमा यसअघि साउन २३ गते सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो ।