जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको भाउ तोलामा ६ सय रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै शुक्रबारको तुलनामा ६०० ले घटेको जानकारी दिएको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । यसअघि, गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९८ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ९० रुपैयाँ थियो ।