जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको भाउ तोलामा ६ सयले सस्तियो

शुक्रबार पनि सुन चाँदीको भाउमा उतारचढाब देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ ।

बिहीबार ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ घटेर ९० हजार ९ सयउ रुपैयाँमा आएको छ । महासंघले आजकालागि तेजावी सुनको कारोबार मूल्य ९० हजार ४ सय रुपैयाँ तोकेको छ ।

यस्तै चाँदीको प्रतितोला मूल्य पाँच रुपैयाँले बढेको छ । बिहीबार १३१५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ शुक्रबारका लागि १३२० रुपैयाँ कारोबार मूल्य कायम भएको छ ।