सुनकाे भाउ तीन सय रुपैयाँले बढ्याे
काठमाण्डाै – सुनचाँदीको भाउ आज बढेको छ ।
सुनकाे भाउ आज तोलामा तीन सय रुपैयाँले बढेर ८७ हजार दुई सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा ८६ हजार ९ सय रुपैयाँ थियो । यस्तै, चाँदी पनि आज तोलामा २० रुपैयाँले बढेर १२ सय ९० रुपैयाँमा पुगेको छ ।