सिडी बिजय अधिकारी र रचना रिमालको आवाज रहेको गीत ‘तिमी र म’ हेर्नुभयो त ?
जन्मभुमि खबर
पोखरा ।
प्रवासमा रहेर सांगीतिक क्षेत्रमा कलम चलाऊँदै आएका गीतकार टिका खड्काको नयाँ गीत ‘तिमी र म’ युट्युवमा सार्वजनिक भएको छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ । गीतमा द भ्वाइस अफ नेपाल सिजन १ का बिजेता सिडी बिजय अधिकारी र अहिलेकी चर्चित गायिका रचना रिमालको आवाज पाउन सकिन्छ ।
गायक अधिकारीले नै संगीत भरेको गीतमा उदयराज पौडेलले एरेन्जको पाटो सम्हालेका छन । रत्न बिकले बाँसुरी, हेमन्त कान्छा रसायलीले सारङ्गीको मिठो धुन भरेको उक्त गीतको रेकर्डिङ स्टुडियो किङमा गरिएको हो ।
रीती रिवाज खड्काको प्रस्तुती रहेको गीतको भिडियोमा सुधिर श्रेष्ठ र अशु न्यौपानेको अभिनय देख्न सकिन्छ । उत्तम श्रेष्ठ ‘सिसिर’ले निर्देशान् गरेको गीतको भिडियो छायांकन सन्तोष राजबाहकले गरेका हुन । अमृत चापागाईंले सम्पादन गरेको गीतको भिडियो सिडी बिजय अधिकारीको अधिकारीक युट्युव च्यानलमा पाउन सकिन्छ ।
गीतको पुरै भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् :-