जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सन्दीपको मुद्दामा जाहेरवालातर्फबाट बहस सकियो, भोलि प्रतिवादीतर्फबाट हुने

जन्मभुमि खबर ,
पोखरा ।

सन्दीप लामिछानेको मुद्दाको फैसला सुनुवाई बुधबार पनि हेर्दाहेर्दैमा सकिएको छ । जाहेरवालातर्फबाट १० जनाले बहस गरेपछि प्रतिवादी सन्दीपका तर्फबाट बहस सुरु भएको थियो ।

अधिवक्ता मुरारी सापकोटाले बहस गरिरहेका बेला बुधबारको समय सकिएको थियो । अब बिहीबार सन्दीपका कानुन व्यवशायीले बहस गर्नेछन् । प्रतिवादीका कानुन व्यवशायीको बहस सकिएपछि जाहेरवालातर्फबाट फेरी जवाफी बहस हुने छ ।

त्यसपछि न्यायधिशले फैसला सुनाउनेछन् । सन्दीपको मुद्दामा आइतबारदेखि बसह सुरु भएको हो।

सोमबार र मंगलबार सार्वजनिक विदा परेका कारण बुधबारदेखि सुनुवाई सुचारु भएको हो। जाहेरवालातर्फबाट दुई जना सरकारी वकिल र ८ जना निजी वकिलले बहस गरेका छन् । सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरु रमन श्रेष्ठ,शम्भु थापा, कृष्ण सापकोटालगायतले बहस गर्ने तयारी छ।