जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

श्री सिद्द बराह माध्यामिक बिद्यालय पोखरा २३ का बिद्यार्थि भेटघाट कार्यक्रम समपन्न।

श्री सिद्द बराह माध्यामिक बिद्यालय पोखरा २३, को एस एल सि ब्याज २०६४ ले १५ बर्ष पछि  बृहत भेटघाट तथा रमाइलो बनभोज कार्यक्रम पोखरा २३ निर्माने स्थित ढुङ्गे घर लेक भ्यु क्याम्पिङ एन्ड होम स्टे सप्पन्न गरेको छ।          कार्याक्रम पहिलो पटक भएता पनि यसलाई निरन्तरता दिने आयोजक पक्ष बाट सन्जय भण्डारीले बताएका छन् । तत्कालीन अबस्थाका सहपाठी  ज्ञानेन्द्र दहाल ज्यु को आज भन्दा ३ बर्ष अगाडी करेन्ट लागि मृत्यु भएकोले मृतकको आत्माको चिरशान्तीको कामना स्वरुप मौन धारणा गरि कार्याक्रम सुरु गरिएको थियो। कार्याक्रमामा बिबिद सास्कृतिक कार्याक्र र भिभिन्न खेल बिधामा पर्तियोगिताकको आयोजना गरिएको थियो । जस अन्तर्गत म्युजिकल चियर तर्फ पुरुषमा आत्मराम अधिकारी , महिलामा भगवती पौडेल प्रथम हुनुभयो । त्यसै गरि चम्चा दौड तर्फ उमेश अधिकारी , महिला नृत्यमा सम्झना बस्नेत , पुरुषमा रन्जन भुजेल र घैटो फुटाल्ने मा शिव अधिकारी , र भानु दहाल ज्यु ले उपाधी हात पार्नु भयो । कार्यक्रममा तत्कालीन अबस्थाका एस एल सि टपर सुमन राना मगर ज्यु लाई समेत सम्मान गरियो भने समग्र कार्याक्रममा सक्रिय सहभागिता पुर्ण्कला गिरि (प्रतीक्षा ) ले प्राप्त गर्नु भयो । साथै आजकै भेला बाट समुहिक भलाइ कोषको समेत स्थापना गरिने घोषणा गरिएको हो । कार्याक्रम आयोजना गर्नमा सन्जय भण्डारी , रमेश पराजुली , निरु सुवेदी , गोबिन्द लामिछाने , रन्जन भुजेल, सुर्य त्रिपाठि , भरत राज पौडेल , बलराम अधिकारी, भिम प्रसाद देबकोटा लगाएतका ब्याक्तित्व हरुको सक्रिय सहभागीता रहको थियो।