शनिबार पोखराका १ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि,२ जनाको मृत्यु
जन्मभुमि खबर,
पोखरा ।
कास्कीको पोखरामा पछिल्लो २४ घण्टामा १ सय ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
लाइफ केयर एण्ड डाइनोष्टिक प्रालि पोखरामा गरिएको परिक्षणमा पोखरा महानगरपालिकाका विभिन्न वडामा थप १ सय ६१ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
गण्डकी प्रदेशको राजधानी समेत रहेको पोखरामा गएका केही दिन यता संक्रमण दर तिव्र रुपमा फैलिएको छ । हिजो शुक्रबार मात्रै पोखरामा ८ सय ३८ सहित कास्कीमा थप ८ सय ५६ जनामा संक्रमण पुष्टि भएको थियो ।
योसँगै कास्कीमा कुल कोरोना संक्रमितको संख्या १ हजार ९७६ पुगेको छ । कास्कीमा हालसम्म ८ हजार ९४९ जनाले कोरोना भाइरस संक्रमण जितेका छन् ।
यस्तै मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका–१३ का ४८ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा हिजाे बेलुका मृत्यु भएको हो । उहाँलाई बैशाख १३ गते संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी पोखरा महानगरपालिका–१० का ८१ वर्षीय पुरुषको उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा हिजाे बेलुका निधन भएको हो । उहाँलाई हिजो नै संक्रमण पुष्टि भएको थियो ।
जिल्लाभर हालसम्म १ सय ३९ जनाको कोरोनाबाट ज्यान गएको छ ।