जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

शनिबार कास्कीका ११२ जना सहित गण्डकीमा ३५२ जनामा संक्रमण पुष्ठि

शनिबार गण्डकीमा थप ३५२ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३९४ जनामा गरिएको नमुना परीक्षणमा थप उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ११२ जना, तनहुँका ६२ जना, गोरखाका छ जना, लमजुङका ४१ जना, नवलपुरका ६६ जना र स्याङ्गजाका १४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका एक जना, बागलुङका १७ जना र म्याग्दी जिल्लाका ३३ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५४ हजार २७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३४९ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५० हजार ६०७ पुगेको छ।

शनिबार गण्डकीमा थप तीन जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा नवलपुरका दुई जना र बागलुङ जिल्लाका एक जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९२३ पुगेको निर्देशनालयले जनाएको छ ।