जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

वैदेशिक रोजगारीमा जानेको १० दिनको क्वारेन्टिन खर्च सरकारले व्यर्होने सीसीएमसीको निणर्य

वैदेशिक रोजगारीमा जानेलाई १० दिनको होटल क्वारेन्टिन खर्च उपलब्ध गराउने कोभिड १९ व्यवस्थापन निर्देशक समितिले  निर्णय गरेको छ।

समितिको बुधबार बसेकोे बैठकले वैदेशिक रोजगारीमा जाँदा होटलमा क्वारेन्टिनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो।

निर्णयसँगै १५ दिन बस्नुपर्ने क्वारेन्टिनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ।