जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विष्णु माझीको तिज गित “बलमा” सार्बजनिक

जन्मभुमि खबर ,
पोखरा ।

यस्तो लाग्छ, विष्णु माझीको गीतबिना धेरैलाई तीज खल्लो लाग्न सक्छ । तीज लागेसँगै फ्यान उनका गीतको पर्खाइमा हुन्छन् । विष्णुले यस वर्ष पनि दर्शक तथा श्रोतालाई निराश हुन दिइनन् ।

उनको स्वर समावेश तीज गीत ‘बलमा’ बुधबार युट्युबमा सार्वजनिक भएको छ । सपना म्युजिक इण्डष्ट्री नामक युट्युब च्यानलबाट सार्वजनिक गीतमा गायिका विष्णुका पति सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । गीतलाई आशिष अविरलले एरेन्ज तथा मिक्सिङ गरेका हुन् ।

‘पुतलीको भट्टी-१९’ अन्तर्गत रहेको गीतको भिडियोमा मोडल बिनु सुवेदी फिचर्ड छिन् । गीतमा महिला हिंसाविरुद्धको सन्देश दिने प्रयास गरिएको छ । सुन्दरमणिकै निर्देशन रहेको भिडियोमा शम्भु चालिसेको छायांकन र निशान घिमिरेको सम्पादन छ ।

विष्णुले प्रत्येक वर्षको तीजमा गीत सार्वजनिक गर्दै आएका छन् । फ्यान केही महिनादेखि नै उनको गीतको पर्खाइमा थिए ।    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस