जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विमानस्थलबाट बरामद सुन विसुद्ध सुन भएको पुष्टि

जन्मभुमि खबर ,
पोखरा ।

त्रिभुवन विमानस्थलबाट बरामद भएको सुन परीक्षण गर्दा विसुद्ध सुन रहेको पुष्टि भएको छ । भन्सार कार्यालयले बिहीबार राति त्रिभुवन विमानस्थलबाट बरामद गरेको १४ किलो सुन विसुद्ध सुन रहेको पुष्टि भएको भन्सार कार्यालयको प्रयोगशाखा शाखाले जनाएको हो ।

भन्सार कार्यालयले उक्त सुनसहित बिहीबार राति दुई जनालाई पक्राउ गरेको थियो । शुक्रबार भन्सार विभागमा गरिएको परीक्षणमा ९९.९९९ विसुद्ध सुन रहेको पुष्टि भएको छ त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालयका प्रमुख डा.टोकराज पाण्डले जानकारी दिए ।

बिहीबार राति ११ः५६ मिनेटको फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट उक्त सुन बरामद भएको थियो । घलेले प्लेट बनाएर शरीरमा राखेर सुन भित्राएका थिए । चन्द्र घलेको साथबाट बरामद भएको सुन गोरखाका मीनबहादुर घलेको भएको अनुसन्धानका क्रममा खुलेपछि उनलाई पनि बिहीबार राति नै काठमाडौंको धुम्बाराहीबाट नियन्त्रणमा लिइसकिएको छ ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित गोरखाका घले पक्राउ