जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लोकगायक राजेन्द्रद्वारा विद्यालयलाई संगीतका सामग्री सहयोग प्रदान

जन्मभुमि खबर ।
म्याग्दीका लोकदोहोरी गायक राजेन्द्र सापकोटाले मंगला गाउँपालिका ३ वरंजामा रहेको महेन्द्र रत्न माबिलाई संगीतका सामग्री प्रदान गर्नु भएको छ । पिता भबिलाल सापकोटा र माता भाबी सापकोटा को कान्छो छोरा गायक सापकोटाले आफ्नो ३१ औं जन्म दिवसको अवसरमा शुक्रबार बिद्यालयमा आयोजित एक कार्यक्रमका वीच उक्त सामग्री सहयोग गर्नु भएको हो ।

आफुले अध्ययन गरेको बिद्यालयमा हाल अध्ययनरत नव प्रतिभाहरुलाई गीत संगीतमा प्रोत्साहन मिलोस भन्ने उद्देश्यले वुवा स्वर्गीय भबिलाल सापकोटाको स्मृतिमा उक्त सामग्री सहयोग गरेको गायक सापकोटाले बताउनु भयो । अतिरिक्त क्रियाकलाप अन्तरगत सांस्कृतिक कार्यक्रम गर्नका लागि बाद्यवादनको समस्या थियो अब आवस्यक सामान सहयोग भएको छ, बिद्यालयका शिक्षक एवम् सांस्कृतिक संयोजक देबेन्द्र रोकाले भन्नुभयो “प्राप्त सामग्रीले बिद्यालयको सांस्कृतिक गतिविधिलाई सहज बनाउनेछ ।”

कार्यक्रममा बिद्यालयका पुर्व शिक्षक एवम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान म्याग्दीका नि वर्तमान अध्यक्ष कृष्ण जिसि, सर्जक एवं गीतकार कलाधर कंडेल, शिक्षक अभिभावक संघका अध्यक्ष खिमनाथ आचार्य, पुर्व विद्यार्थी इन्जिनियर नेत्रलाल सापकोटा, केपी सापकोटा ललिन्द्र थापा लगायतको बिषेश उपस्थिति रहेको थियो । गायक सापकोटा लोक दोहोरी प्रतिस्ठान साबिक धौलागिरी अञ्चलका पुर्व अध्यक्ष हुनु हुन्छ । उहाँको “यो मायाको छैन निको चाल, सलल बग्यो गण्डकी, जवानीमा धक्का, सोंच आँखा बन्द गरेर, डाँडै भयो अल्को” लगायतका लोक दोहोरी गीतहरु चर्चामा रहेका छन् ।