लेखनाथस्थित पावरहाउस क्षेत्रबाट लागूऔषधसहित तनहुँका र भैरहवा का २ जना युवा पक्राउ
जन्मभुमि खबर
पोखरा ।
पोखराको लेखनाथस्थित पावरहाउस क्षेत्रबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
तनहुँको भानुनगरपालिका वडा नं ७ का २० वर्षीय चुडामडी खतिवडा र भैरहवा बसपार्क बस्ने वर्ष १९ का गुलाम हुसेन रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
उनीहरु पावरहाउस स्थित पृथ्वीराजर्मामा सवारी साधन चेकजाँच गर्ने क्रममा लागूऔषध सहित पक्राउ परेका हुन् । उनीहरुको साथबाट डाईजापान १०० एम्पुल, फेनेरागन – १०० एम्पुल, नुर्फिन ९९ एम्पुल गरी जम्मा २९९ एम्पुल र मोबाईल २ वटा मोबाईल बरामद भएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुर अन्तरगत थप अनुसन्धानको कार्य अगाडी बढेको प्रहरीले जनाएको छ ।