जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लेकसाइडबाट प्रहरी हुँ भनी धम्की दिँदै हिड्ने दुई जना व्यक्ति पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

प्रहरी हुँ भनी धम्की दिँदै हिड्ने २ जना व्यक्ति पक्राउ परेका छन ।

पक्राउ पर्नेमा पोखरा ७ शान्तिनगर चोक बस्ने बर्ष ३२ को पोखरा महानगरपालिका–६ शान्तिनगरचोक बस्ने ३२ वर्षीय नारायण गिरी र सप्तरीको डाक्लेश्वरी नगरपालिका–७ घर भइ पोखराको फुलबारी बस्दै आएका २१ वर्षीय विकेक ठाकुरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सूर्यबहादुर राना मगरले जानकारी दिए ।

शुक्रबार बिहान अन्दाजी बिहान २:३० बजेको समयमा लेकसाइड स्थितमा दुई जना व्यक्तिहरुले मादक पदार्थ सेवन गरी होहल्ला गर्दै “हामीहरु प्रहरीको ठुलै व्यक्ति हौ” भनी रेडियो सेट वाकिटाकी समेत देखाई डर त्रास देखाई धम्की दिँदै हिडेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । उनिहरुको साथबाट रेडियो सेट समेत बरामद गरिएको छ ।

उनिहरुले स्थानीय मानिहरुलाई डर त्रास फैलाउदै गरेको अबस्थामा फेलापारी सोधपुछ गरी सम्झाई बुझाई गर्दा निजहरुले उल्टै ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई समेत अपशब्द बोली गाली गलौज गरी अभद्र ब्यबहार गरेको हुँदा निजहरुलाई पक्राउ गरी अभद्र ब्यबहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कर्यालय कास्कीबाट दिन १० को म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ ।