जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लायन क्लब अफ लंकु चितवनद्वारा बाढी पीडितलाई नगद सहयोग

भरतपुर ।लायन्स क्लब अफ चितवन लंकुद्वारा कालिका नगरपालिका -११ मा बाढी पीडितलाई राहत वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।
लायन बर्ष २०२१-२२ का अध्यक्ष लायन भिमलाल शर्मा खरेलको सभापतित्वमा सप्पन्न कार्यक्रममा प्रमुख अतिथि रिजन चियर पर्सन एमजेफ लायन रामजी पौडेल ज्युको उपस्थिति रहेको थियो ।क्लबको प्रथम उपाध्यक्षय लायन टिकाराम खरेलको संयोजकतामा सम्पन्न सो कार्यक्रममा बाढी पीडित लक्ष्मण चेपाङलाई नगद हस्तान्तरण गरिएको जानकारी क्लब सचिव लायन सुनिल सापकोटाले दिनुभयो ।
राहत बितरण कार्यक्रममा निवर्तमान अध्यक्ष लायन कृष्ण कुमार शर्मा प्रथम उपाध्यक्ष लायन टिकाराम खरेल , द्वितीय उपाध्यक्षय भुवानन्द खरेल , सचिव लायन सुनिल सापकोटा, लायन रोजित सापकोटा, लायन भानु सापकोटा, लायन मित्रलाल सापकोटा, शिक्षक एवं समाजसेवी हरिहर खराल ,लायन किरण भुसाल लगायतका लायन सदस्यहरुको सहभागिता रहेको थियो ।