लाइसेन्स बनाइदिन्छु भन्दै ठगी गर्ने मेट्रो ड्राइभिङ सेन्टर पोखरा १४ चाउथेका सञ्चालक काफ्ले पक्राउ
जन्मभुमि खबर,पोखरा । सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम उठाइरहेको बेला पोखराबाट एक ड्राइभिङ सेन्टरका सञ्चालकलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङग्जा वालिङ नगरपालिका १ स्थायी घर भई हाल जिल्ला पोखरा १४ चाउथेस्थित मेट्रो ड्राइभिङ स्कुल एण्ड प्रि टेष्ट सेन्टर प्रालिका सञ्चालक ४९ वर्षीय खगेन्द्रप्रसाद काफ्ले रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।
काफ्लेले यातायातमा आफूले चिनेका कर्मचारी भएको भन्दै ट्रायल तथा टेष्टमा फेल भएमा पनि सजिलै लाइसेन्स निकादिने आश्वासन बाँड्दै रकम उठाएको प्रहरीले बताएको छ ।
उनको साथबाट प्रहरीले विभिन्न व्यक्तिका कागजपत्र, लाइसेन्स (३ थान, विभिन्न नमूना प्रश्नपत्र), नगद ८९९ हजार ६ सय २० रुपैयाँ र मोबाइल २ थान बरामद भएको प्रवक्ता हमालले जानकारी दिए ।
काफ्ले विरुद्ध ठगी सम्बन्धी कसुर अन्तर्गत दिन १० म्याद थप गरि अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।