जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लहान मालपोतमा बम विस्फोटका दुई मुख्य आरोपी पेस्तोलसहित पक्राउ

जन्मभुमि खबर
काठमाडौं । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका–५ घर भएका रामरिझन यादव र लक्ष्मीपुर पतारी–३ घर भएका अभिमन्यु गिरी छन् ।

दुवै आरोपीको साथबाट एक–एक थान कटुवा पेस्तोल र दुई–दुई राउण्ड गोली बरामद गरिएको प्रदेश–२ प्रहरी कार्यालयका डीआईजी धीरजप्रताप सिंहले रातोपाटीलाई बताए । चैत १ मा लहान नगरपालिका–८ स्थित मालपोत कार्यालयमा विष्फोट हुँदा ८ जना घाइते भएका थिए ।