जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रोजगारीका लागि साउदी अरब उड्न लागेका युवा जहाज छुटेपछि सम्पर्क बिहिन

जन्मभुमि खबर ,
पोखरा ।

वैदेशिक रोजगारीका लागि साउदी अरब उड्न लागेका एकजना युवक जहाज छुटेपछि काठमाडौंबाटै हराएका छन्।

यही पुस ६ गते साउदी अरब उड्न त्रिभुवन विमानस्थलमा प्रवेश गरेपछि पाल्पालको पूर्व खोला गाउँपालिका-१ सिलुवाका २३ वर्षीय विक्रम पंगेनी हराएका हुन् ।

रोजगारीका लागि साउदी अरब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र गएका उनी जहाज छुटेपछि मध्यराति ११ बजेर २० मिनेटमा बाहिरिएका थिए ।

उनका दाजु सागर पंगेनीका अनुसार विमानस्थलबाट बाहिरिएपछि हप्ता बित्न लाग्दा पनि उनी परिवारको सम्पर्कमा आएका छैनन्। पंगेनीले भाइको खोजीका लागि प्रहरीसँग पनि सहयोग मागेको बताएका छन् ।