जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रुपा गाउँपालिकाको स्थापना दिवसमा अध्यक्ष कप भलिबल, पुरस्कार डेढ लाख

जन्मभुमि खबर ,
पोखरा ।

पालिका स्थापनाको अवसरमा कास्कीको रुपा गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ । २०७५ सालदेखि सुरु भएको प्रतियोगितालाई रुपाले निरन्तरता दिएको हो । प्रतियोगिता फागुन २४ देखि २७ गतेसम्म चल्ने छ ।

प्रतियोगिताका विजेताले डेढ लाख, दोस्रो हुनेले ८० हजार, तेस्रोलाई ४० हजार र सान्त्वना हुनेले २० हजार पुरस्कार पाउने छन् । वेस्ट प्लेयर ५ हजार, वेस्ट सर्भर, व्लकर, सेटर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई २-२ हजार पुरस्कार पाउने अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

स्थापना दिवसको अवसरमा माला गाँस्ने प्रतियोगिता, झाँकी प्रतियोगिता पनि हुनेछ । झाँकी प्रदर्शनमा पहिलोले ३० हजार, दोस्रोले २० र तेस्रोले १० तथा सान्त्वना हुनेले ५ हजार पाउँछन् ।

माला गाँस्ने प्रतिस्पर्धामा पहिलो हुनेले ६ हजार, दोस्रोलाई ४ र तेस्रोलाई २ हजार पुरस्कार छ ।