जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रुपन्देहीमा ७ वर्षीया बालिकाको हत्या , एक जना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

रुपन्देहीमा ७ वर्षीया बालिकाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा बालिकाको हत्या भएको हो ।

इस्लामपुरकी ७ वर्षीया बालिका नन्दनी कुर्मीको हत्या भएको प्रहरीले जानकारी दिएको छ। उनको शव मर्चवारी–१ इस्लामपुरमा शनिबार बिहान फेला परेको हो।

कुर्मी शुक्रबारदेखि हराइरहेकी थिइन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोहर भट्टका अनुसार कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

हत्यामा संलग्न रहेको आशङ्कमा प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले बताए।