जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रामेश्वर शिवालय मन्दिर प्राण प्रतिष्ठान तथा समुद्घाटन कार्यक्रममा सम्पन्न ।

पाेखरा -२१ रामदी मा रहेको रामेश्वर शिवालय मन्दिर प्राण प्रतिष्ठान तथा समुद्घाटन कार्यक्रममा आज सम्पन्न भएको छ । मन्दिरको समुद्घाटन पानसमा द्वीप परज्वलन गरी कार्यक्रमका प्रमुख अथिती नेपाली काङग्रेस केन्द्रिय सदस्य गुरु प्रसिद्ध बरालब बाट भएको थियो ।

२०४९ सालमा निर्माण भएको मान्दिर २०७२ सालको भूकम्पले तहस नहस भई हाल पुन निर्माण गरिएको थियो । मन्दिरको पुन निर्माणको लागि रकम दान दाताहरुबाट संकलन गरिएको थियो।
मन्दिर पुर्णनिर्मण गर्नका लागि रु १६ लाख लागेको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष रुद्रनाथ पौडेल ( सूर्य ) ले जानकारी गराएका थिए।
कार्यक्रममा मन्दिर निर्माणमा सहयोग गर्ने चन्दा दाताहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रमको स्वागत मन्तव्य बुद्धि बहादुर कार्की तथा कार्यक्रम संचालक कृष्ण देबकोटाले गरेका थिए।