जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राजेशपायल राई रिहा

जन्मभुमि खबर ,
पोखरा ।

गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा पक्राउ परेका उनी रिहा भएका हुन् ।

काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र बहादुर खत्रीका अनुसार उनलाई परिवार बोलाएर जिम्मा लगाइएको हो । प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि राईलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीसँगै आठजना पक्राउ परेका थिए ।