जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

यातायात कार्यालय गण्डकी असार १० गतेदेखि सञ्चालनमा आउने, कोटा सिस्टमबाट सेवा दिइने

जन्मभुमि खबर
पोखरा ।

गण्डकी प्रदेशको यातायात व्यवस्था कार्यालय १० गतेदेखि सञ्चालनमा आउने भएको छ । निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य मापदण्ड अपनाएर सेवा सुचारु गरिने यातायात व्यवस्था कार्यालय गण्डकीले जनाएको छ ।

कास्की प्रशासनले निषेधाज्ञामा परिमार्जन गरेपछि ठप्प रहेका सेवा पुन सुचारु हुने भएको हो । तर, कोटा सिस्टमबाट सेवा प्रवाह गरिने छ । दैनिक नविकरण १ सय, स्मार्ट कार्ड वितरण १ सय, ट्रायल पास भएर रसिद बुझाउन बाँकी १ सय र प्रमाणीकरणको लागि अत्यावश्यक हकमा मात्रै कागजपत्र पेश गरेको खण्डमा सेवा दिइने छ ।