जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मेयर हर्क साम्पाङले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर

जन्मभुमि खबर ,
पोखरा ।

धरानका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका छन ।

केन्द्रले धरानलाई महत्त्व नदिएको भन्दै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिर कार्यकक्षबाट हटाएका हुन्। उनले कार्यकक्षमा यलम्बरको तस्बिर राखेका छन ।

पछिल्लो समय धरानमा विमानस्थल बनाउन केन्द्रले चासो नदिएको भन्दै साम्पाङले रोष प्रकट गरिरहेका थिए ।
प्रतिक्रिया माग्न सेतोपाटीले फोन गर्दा उनको सचिवालयले धरान नै आउन भन्यो ।

मेयर साम्पाङले हिजो मात्रै केन्द्रले धरानलाई महत्त्व नदिएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको तस्बिर राख्ने भनेर सामाजिक सन्जालमा राखेका थिए ।