मुस्ताङमा गोरु काट्ने पाँच जना प्रहरी नियन्त्रणमा
जन्मभुमि खबर
पोखरा ।
गोरु काटेको आरोपमा मुस्ताङमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार मुस्ताङ्को थासाङ गाउँपालिका वडा नं. ४ घासाँस्थित वर्ष २६ का अर्पण श्रेष्ठ, वर्ष ५३ का लाल बहादुर श्रेष्ठ, वर्ष ३७ का सनिस श्रेष्ठ, पहिरो थाप्ला बस्ने वर्ष १३ का निश्चल वि.क र वर्ष ३७ का पुर्ण वि.कलाई पक्राउ गरिएको हो ।
उनिहरुलाई गोरुको टाउको र मासु सहित नियन्त्रणमा लिई घट्नाका बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।